केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताको उपाधि टाइम्स कलेजको पोल्टामा

 आइतवार, पुस ३०, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


काठमाडौ । कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) टुसालले आयोजना गरेकोे प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिताको उपाधि टाइम्स कलेजले उचालेको छ ।
काठमाडौंको चाबाहिल तरकारी बजारको मैदानमा आइतबार भएको फाइनल खेलमा जेम्स कलेजलाई १–० गोल अन्तरले हराउँदै टाइम्सले उपाधि उचालेको हो ।
विजयी भएसँगै टाइम्स कलेजले नगद २५ हजार सहित शिल्ड, मेडल र प्रमाण–पत्र हात पारेको छ ।
त्यसैगरी प्रतियोगिताको उपविजेता बनेको जेम्स कलेजले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाण–पत्र पाएको छ ।
सो प्रतियोगितामा आइडिएल कलेजका सागर तामाङ बेस्ट डिफेन्डर र टाइम्स कलेजका सन्तोष महत बेष्ट किपर घोषित भएका छन् । साथै ४ विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिएको छ ।
सो खेलको लागि गोकर्णेश्वर नगरपालिकाले प्रायोजन गरेको थियो । विजयी प्रतियोगिहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रमलाई संवोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले खेलको आयोजना गरि खेलाडीलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेकोमा आयोजक कुमारी एकेडेमीलाई धन्यवाद दिए ।
उनले यस्ता अतिरिक्त क्रियाकलापमा गोकर्णेश्वर नगरपालिकाले सधै साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
लाइन्स क्लब एभरेस्ट सन्साइनले पनि प्रतियोगितामा उल्लेखनीय सहयोग र सहभागिता जानाएको थियो ।
प्रतियोगितामा बिजयी भएका खेलाडीले कुमारी एकेडेमीमा अध्ययन गरेमा बिए तहको लागि पूर्ण छात्राबृत्ति प्रदान गर्ने सोही एकेडेमीका प्रिन्सीपल मनोज भट्टराईले घोषणा गरेका छन् ।

प्रतिकृया

Add