कटवाल र कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ

 मङ्लबार, माघ २, २०७४ | onlinenews

पूर्वप्रधानसेनापति रुक्मांगद कटवाल र अधिकारकर्मी अनुराधा कोइरालालाई प्रदेश प्रमुख नियुक्ति गर्न कांग्रेसभित्रै लबिङ भइरहेको छ । कटवालका लागि आरजु राणा, डा। प्रकाशशरण महत, बालकृष्ण खाणसहितका नेताले लबिङ गरिरहेका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

पौडेल पक्षका केही नेताले भने त्यसमा विरोध जनाएका छन् । कांग्रेस महामन्त्री डा। शशांक कोइरालाले अनुराधा कोइरालाका लागि लबिङ गरिरहेका छन् । उनको नाममा संस्थापन देउवा पक्षका नेताहरू असहमत रहेको कांग्रेसका एक नेताले बताए ।

(राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नातेदार उमाकान्त झालाई प्रदेश प्रमुख बनाउन प्रस्ताव गरेका छन् । झा पूर्वसचिव तथा खिलराज रेग्मी सरकारका मन्त्री हुन् । झाको नाममा प्रधानमन्त्री देउवा पनि सहमत भएको स्रोतको भनाइ छ ।

(संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पूर्वसचिव रत्नेश्वरलाल कायस्थलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुख बनाउन दबाब दिएका छन् ।

(प्रदेश प्रमुखका लागि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीश पोखरेल र पुष्कर बज्राचार्य पनि चर्चामा छन् । यसअघि प्रमुखका लागि चर्चामा रहेका त्रिवि पूर्वउपकुलपति केदारभक्त माथेमा र पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम छलफलबाट बाहिरिएको छ ।

प्रतिकृया

Add