ज्यान मार्ने उद्योगमा सांसद मनाङ्गे जेल चलान

 बुधबार, माघ ३, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


काठमाडौं ।  सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा राजिव गुरुङ (दीपक मनाङ्गे) विरुको मुद्दाको सुनुवाई गर्दै जेल चलानको फैसला सुनाएको छ ।

मनाङ जिल्लाबाट स्वतन्त्र सांसद बनेका मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गर्दै सर्वोच्चले जेल चलानको आदेश दिएको हो ।

न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजालसले मंगलबार यस्तो पैmसला सुनाएको हो । मनाङ्गे मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य (स्वतन्त्र) निर्वाचित भएका थिए ।

प्रदेशसभा सदस्यको सपथ नलिँदै मनाङ्गे ज्यान मुद्दामा दोषी ठहर भएपछि सांसद पद गुमेको छ । सर्वोच्चले कर्तव्य ज्यान मुद्दामा मनाङ्गे समूहका चारजनालाई सफाई दिने पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गरेको छ ।

मनाङ्गे समूहका गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाई दिने २०६४ सालको पुनरावेदनकै फैसला सर्वोच्चले सदर गरेको हो ।

सर्वोच्चको आदेशसँगै कांंग्रेस नेता समेत रहेका डन गणेश लामासहित चार जनाले सफाई पाएका छन् । दीपक मनाङ्गेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो ।

प्रतिकृया

Add