धर्मशालामा भेला भएर लामा गुरुहरुले दिए शुभकामना

 बिहिबार, माघ ४, २०७४ | onlinenews

रामेछाप । २८५४ औं खि सोनाम ल्होछारको अवसरमा रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेविको धर्मशालामा कार्यक्रमको आयोजना गरि लामा गुरुहरुद्धारा गाउँपालिकाबासीलाई नयाँ वर्षको शुभकामना दिएका छन् ।
धर्मशालामा भेला भएर लामा गुरुहरुले गाउँपालिकाबासीलाई शान्ति, सु–स्वास्थ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
साथै लामा गुरुहरुले सुनापति गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिकाको रुपमा स्थापित गर्न सफल होस् भन्ने शुभकामना ब्यक्त गरेको सुनापाति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि एवं सुनापति गाउँपालिका प्रमुख धावा लामाले धर्मद्धारालाई विस्तार, संरक्षण र प्रचारप्रसार गरि स्वदेशी तथा विदेशी पर्यटक भित्र्यान सके त्यस क्षेत्रका जनताको आर्थिक श्रोतले फड्को मार्ने बताए ।
धर्मशालाको संरक्षणको लागि पुरातात्विक विभागमा समेत पहल गर्नुपर्ने गाउँपालिका प्रमुख लामाले बताए । सुनापति गाउँपालिका–३ हिलेदेविमा रहेको धर्मद्धारको लम्बाई ४ मिटर रहेको प्रवक्ता पे्रमसागर थापाले जानकारी दिए ।
कार्यक्रममा नेकपा माओवादी सुनापाति गाउँपालिका इञ्चार्ज सुमनकुमार लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

Add