रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत बिहीबार ६ खेल

 बिहिबार, माघ १८, २०७४ | onlinenews

रामेछाप/ रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको तेश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा बिहीबार ६ खेल भएको छ ।
बिहीबार भएको पहिलो खेलमा मध्यपश्चिम र शान्तिदीप युवा क्लवबीच भएको खेलमा सोझो सेटमा शान्तिदीप युवा क्लव विजयी भएको छ ।

त्यसैगरी लोकतान्त्रिक र मध्यपश्चिमाञ्चलबीच भएको खेलमा ३–२ ले लोकतान्त्रिक विजयी भएको छ भने सुदर पश्चिमाञ्चल र मध्यमाञ्चलबीच भएको खेलमा सुदुर पश्चिमाञ्चल सोझो सेटमा विजय हासिल गरेको छ ।
त्यस्तै हिमगंगा युवा क्लव रामेछाप र नमूनादीप युवा क्लब सैपुबीच भएको अर्को खेलमा नमूनादिप युवा क्लव सोझो सेटमा विजयी भएको छ ।
मन्थली युनाइटेड क्लव र पश्चिमाञ्चलबीच भएको खेलमा पनि मन्थली युनाइटेड क्लव सोझो सेटमा विजयी भएको छ । बिहीबारै पूर्वाञ्चल र सुदुर पश्चिमाञ्चलबीच भएको अर्को खेलमा सुदुर पश्चिमाञ्चलले सोझो सेटमा विजय हासिल गरेको छ ।

प्रतिकृया

Add