रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत क्वाटरफाइन खेल सकियो, सेमीफाइनल र फइनल खेल शनिबार

 शुक्रबार, माघ १९, २०७४ | onlinenews

रामेछाप सिभिल च्याम्पियनशीप अन्तर्गत रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा आयोजना गरिएको तेश्रो रामेछाप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल खेल सकिएको छ ।
प्रतियोगितामा सहभागि १० टिम मध्यय ४ टिम सेमिफाइनलमा प्रवेश गरेका छन् भने ६ टिम खेलबाट बाहिरिएका छन् ।
सेमिफाइनलबाट बाहिरिनेमा मध्यपश्चिमाञ्चल, पूर्वाञ्चल, मध्यमाञ्चल, हिमगंगा रामेछाप, पश्चिमाञ्चल र नमूनादीप यूवा क्लव रहेका छन् ।
शुक्रबार भएकोे खेलमा सुदुर पश्चिमाञ्चलले मध्य पश्चिमाञ्चललाई सोझो सेटमा हराउँदै सेमिफाइनमा प्रवेश गरेको छ ।
हिमगंगा र मन्थली यूनाइटेड बीच भएको अर्को खेलमा हिमगंगालाई सोझो सेटमा हराउँदै मन्थली यूनाइटेड सेमिफाइनमा प्रवेश गरेको हो ।
त्यसैगरी पूर्वाञ्चल र शान्तिदीप युवा क्लवबीच भएको खेलमा शान्तिदीप युवा क्लवल विजय भएसँगै समिफाइनलको खेल सकिएको हो ।
शनिबार फाइनल खेल हुने आयोजक संस्था जिल्ला खेलकुद विकास समिति रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add