बाम सरकारले मिडियाहरुलाई अझ स्वतन्त्र बनाउँछः श्रेष्ठ

 मङ्लबार, माघ २३, २०७४ | onlinenews

रामेछाप/ नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठ वाम सरकार बनेपछि मिडियालाई अझ स्वतन्त्र र विश्वसनीय बनाउन कार्यक्रम ल्याउने बताएका छन् ।
मिडियामा राम्रा भन्दा पनि नराम्रा पक्षहरुलाई जोड दिने परिपाटी रहेकाले यसको अन्त हुनुपर्ने उनको भनाई छ ।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा सोमबार प्रेस चौतारी रामेछापले आयोजना गरेको चियापान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
श्रेष्ठले सञ्चार माध्यमहरु बग्रल्ती खोलिएका कारण ब्यवस्थापन गर्न कठिन भएको बताए । सञ्चार माध्यमको ब्यवस्थापनको लागि मिडियाहरुबीचको एकीकरण गर्न आवश्यक रहेको उनको भनाई थियो ।
नेकपा एमाले रामेछाका उपसचिव झम्क कडेलले सरकारलाई जनताप्रति उत्तरदायि बनाउन पत्रकारहरुको ठूलो भूमिका हुने भएकाले मिडियाले विश्वसनीय काम गर्नुपर्ने बताए । पत्रकाहरुको पेशागत संगठनहरु फराकिलो र मजबुद हुनुपर्ने पनि उनको भनाई छ ।

पत्रकारिता पुरस्कारको लागि १० हजार प्रदान

नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले पत्रकारिता पुरस्कार कोष स्थापनाको लागि १० हजार रुपैयाँ नगद प्रदान गरेका छन् ।
प्रेस चौतारी रामेछापले स्थापना गर्न लागेको पत्रकारिता पुरस्कार कोषका लागि उनले १० हजार रुपैयाँ प्रदान गरेका हुन् । उनले राम्रा काम गर्नेलाई कदर सहित सम्मान गर्ने परिपाटीका लागि सहयोग गर्न आपूmबाट सुरुवात गरेको बताए । कार्कीले देशमा भएका परिवर्तनहरुमा मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले पत्रकाहरुको अधिकार सुरक्षा र स्वतन्त्रताको लागि एक भएर आवाज उठाउन जरुरी रहेको बताए । पत्रकारहरुको न्यूनतम पारिश्रमिकका बारेमा धेरै बर्षदेखि कुरा उठे पनि कार्यन्वयनको पाटो भने निकै फितलो रहेको बताए ।चियापान कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला शाखा रामेछापका अध्यक्ष यूनिक विफा घिसिङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिकृया

Add