कुमारी आवसीय माध्यमिक विद्यालयको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता हुने

 बिहिबार, माघ २५, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल / काठमाडौं


कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालको आयोजनामा शनिबारदेखि अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ ।
हालै मात्र प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिता सम्पन्न गरेको केब्सले पुनः बास्केटबल प्रतियोगिताको आयोजना गरेको हो ।
प्रतियोगिता यही माघ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने कुमारी आवासीय माध्यमिक विद्यालय केब्सका प्रिन्सीपल मनोजप्रसाद भट्टराईले जानकारी दिए ।
“केब्स कप ३×३ बास्केटबल प्रतियोगिता २०७४” को लागि ३२ टिम खेलाडीले प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता गरिसकेको र अझै थपिन सक्ने प्रतियोगिताका संयोजक शम्भु कार्कीले जाकारी दिए ।
बिहीबार पत्रकार सम्मेलन गरि शनिबारदेखि सञ्चालन हुने बास्केटबल प्रतियोगिता बारे जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा कुमारी एकेडेमी केब्सका प्रिन्सीपल मनोजप्रसाद भट्टराईले कुमारी एकेडेमी केब्सले शैक्षिक गुणस्तर र खेलकुदको माध्ययमबाट आपूmलाई अब्बल स्थापित गर्न सफल भएको बताए ।
प्रतियोगितामा भाग टिम दर्ता भएका खेलाडी टिमहरुबाट खेलकुदको अपरिहार्यतालाई प्रष्ट्याएको भन्दै यसले आपूmलाई अझ हौसला मिलेको भट्टराईले बताए ।
यस प्रतियोगिताले अन्य शैक्षिक संस्थासँगको आत्मियतामा अझै प्रगाढ बनाउने पनि उनले विश्वास ब्यक्त गरे ।
बास्केटबल जुनियर र सिनियर छात्र र छात्रालाई छुट्टछुट्टै समूह बनाएर खेलाइने छ । ४ फिट १० इञ्च भन्दा कम उचाई भएकालाई जुनियर र त्यो भन्दा बढी उचाई भएकालाई सिनियर मानिने केब्सले जानकारी दिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले केब्जसमा निःशूल्क पढ्न पाउँने र अन्य विजयी प्रतियोगिलाई शिल्ड, मेडल र प्रमात्र–पत्र प्रदान गरिने कुमारी आवासीय माध्यमिक acheter du cialis en ligne विद्यालय (केब्स) का कोअर्डिनेटर हेमन्त पराजुलीले जानकारी दिए । प्रतियोगिता केब्सको आफ्नै खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतिकृया

Add