कुमारी एकेडेमीले आयोजना गरेको बास्केटबल प्रतियोगितामा अन्तर्गत लिग चरणको खेल सकियो आइतबार क्वाटर फाइनको भिडन्त

 शनिबार, माघ २७, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल । काठमाडौं


कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालले आयोजना गरेको बास्केटबल प्रतियोगितामा शनिरबार लिग चरणको खेल सकिएको छ ।
लिग चरणको विजेताहरुले आइतबार क्वाटरफाइनका लागि भिड्ने छन् । शनिबार भएको खेलमा सिनियर ब्वाइजतर्फ जिवनतारा माध्यमिक विद्यालय आरुबारीलाई ११–१ ले पराजित गर्दै क्वाटर पाइनलमा प्रवेश गरेको छ । त्यस्तै आयोजक कुमारी एकेडेमी, भेनस, नवज्योति, बुद्धवप्रकाश र चिल्ड्रेन लिवर्टी पनि क्वाटरफाइनमा प्रवेश गरेका छन् ।
त्यसैगरी सिनियर गल्र्सतर्फ समूह विजेता बन्दै यूनिभर्सल र बाबा बोर्डिङ्ग स्कूल सेमिफाइनमा प्रवेश गरेको छ भने अर्को सेमिफाइनको टुङ्गो आइतबार लाग्ने छ ।
जुनियर ब्वाइजतर्फ शनिबार भएको खेलमा आयोजक कुमारी र बुद्धप्रकाशलाई पराजित गर्दै नवज्योजी सेमिफाइनमा प्रवेश गरेको छ । सेमिफाइनको अर्को टिम आइतबार हुने खेलबाट टुङ्गो लाग्ने आयोजक कुमारी एकेडेमीले जनाएको छ ।
सोमाबारसम्म सञ्चालन गरिने खेल कुमारी एकेडेमीको खेल मैदानमा खेलाइएको छ ।

प्रतिकृया

Add