प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिए

 बिहिबार, फाल्गुन ३, २०७४ | onlinenews

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् ।
बीहिबार बिहान प्रधानमन्त्री निवासबाट प्रत्यक्ष सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पदबाट राजीनामा दिएका हुन् ।
निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण परिणाम राष्ट्रपतिसमक्ष पेश गरे लगत्तै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त भएको छ ।
यसअघि, बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरियास् भन्दै दाबी प्रस्तुत गरिसकेका छन् ।

प्रतिकृया

Add