रामेछापको फर्पुमा पहिरोले घर भत्किदा तीन जनाको मृत्यु, जिल्ला विपद व्यवस्थापन समितिद्धारा पीडित परिवारलाई २ लाख ५० हजार राहत प्रदान
शुक्रबार, साउन ११, २०८१
निर्वाचन आयोगले सोमबार फागुन ७ गते निर्वाचन दिवस मनाउने तयारी गरेको छ । एक वर्षभित्र चार वटा निर्वाचन गराएको आयोगले दिवस पनि उत्साहका साथ मनाउने तयारी गरेको हो ।
स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक गराएको आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्य रुपमा मनाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो ।