जनप्रतिनिधि आएपछि के पायो गौश्वाराले ?

 बुधबार, फाल्गुन ९, २०७४ | onlinenews

दोरम्बा गाउँपालिका वडा नम्बर–४ गौश्वारा रामेछाप जिल्लाको विकट र पिछडिएको वडा हो ।
विकास निर्माणको हिसाबले जिल्लाकै पछाडि परेको ठाउँ हो गौश्वारा । जिल्लाको सबै स्थानमा सडक सञ्जाल जोडिदा पनि सडकको पहुँच पुग्न नसकेको ठाउँ हो गौश्वारा ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि पछाडि परेको ठाउँ हो त्यो । सरकारी तथा गैरसरकारी संघसंस्थाहरु पनि कमै मात्रामा पुग्ने गरेका छन् त्यहाँ ।
स्थानीय तहको निर्वाचनसँगै जनप्रतिनिधि पाएपछि अहिले गौश्वारामा विकास निर्माणको कामले गति लिएको छ । सबै क्षेत्रबाट पछाडि परेको गौश्वारामा अहिले शिक्षा, स्वास्थ्य र सडकजस्ता विकास निर्माणको कामले तीब्रता पाएको छ ।
स्थानीय तहको निर्वाचनमा चन्द्रबहादुर मगर ‘टलक’ वडा अध्यक्षमा निर्वाचत भएपछि गौश्वारामा पहिलो पटक सडक विस्तार भई यातायातको सुविधा पुगेको छ । अहिले नियमित यातायात सञ्चालन भइरहेको छ ।
गाडी चढ्नको लागि आधा दिन विताएर हिड्नुपर्र्ने गौश्वाराबासीलाई गाउँमै सडक पुगेपछि ठूलो राहात मिलेको छ । गाउँमा विकास कामले गति लिएपछि स्थानीयले वडा अध्यक्ष मगरको खुलेर प्रसंसा गर्न थालेका छन् ।
त्यसैगरी गौश्वारामा स्वास्थ्य इकाई पनि सञ्चालनमा आएको छ । भाङ्गेटार स्वास्थ्य इकाई यही माघ महिनाबाट सञ्चालनमा आएको हो । स्वास्थ्य इकाइमा कर्मचारी पुगेर स्वास्थ्य सेवा सुरुचारु भइसकेको छ ।
स्वास्थ्य इकाइको लागि फर्निचर लगायतका केही ब्यवस्थापनका कामहरु बाँकीरहेको वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ ले बताए । त्यो पनि केही दिनमै ब्यवस्थापन हुने अध्यक्ष मगरले बताए ।
पछिल्लो समय गौश्वारामा विद्यालय निर्माण र मर्मतको कामले पनि गति लिएको छ । ताम्चेत माध्यमिक विद्यालयको भवन निर्माणको काम भइरहेको छ भने कुसेश्वर आधारभूत विद्यालयको भवन निर्माणको काम सम्पन्न भइसकेको छ ।
इमान्दारीतापूर्वक विकास निर्माणको काममा लाग्ने हो भने छोटै समयमा विकास र समृद्धि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् दोरम्बा–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगरले ।
पाँच वर्षमा गौश्वाराको विकासमा आमूल परिवर्तन गर्ने उद्देश्यसहित आपूm अगाडि बढेको अध्यक्ष मगरको भनाई छ ।

प्रतिकृया

Add