ठेकेदारले बदमासी गरेपछि स्थानीय युवाको अगुवाइमा बन्यो पूल

 बिहिबार, फाल्गुन २४, २०७४ | onlinenews

 रामेछाप । रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–५ को खैरेखोला साथै सुनापति गाउँपालिका–२ र दोरम्बा गाउँपालिका–५ को सीमानामा पर्नेे खानीखोलामा पक्की पुल निर्माण भएको छ ।
चार वर्ष अघि सुरु भएको पक्की पुल निर्माण कार्य निर्माण ब्यवसायीको बदमासिको कारण समयमै निर्माण नहु नसके पनि स्थानीय युवाको अगुवाईमा पुल निर्माणको कामले पूर्णता पाएको हो ।
सुरु भएको ८ महिनामा सम्पन्न गर्नेगरि सुरु भएको पुल निर्माण कार्यमा निर्माण ब्यवसायीले ढिलाई गरेपछि स्थानीय युवाहरु प्रेमबहादुर श्रेष्ठ, लोकबहादुर श्रेष्ठ र हिराबहादुर श्रेष्ठ लगायतका युवाको अगुवाइमा पुल निर्माण भएको हो ।
निर्माण कार्यको सुरुमा आर्थिक अभाव भएपछि स्थानीय युवाले संयुक्त लगानीमा निर्माण कार्यलाई अगाडि बढाएका थिए । स्वीस सरकारको करिब ५ करोड लागतमा निर्माण गरिएको सो पुल निर्माणको जिम्मेवारी पाएको निर्माण ब्यवसायीले बदमासी गरेपछि आपूmहरुले जिम्मेवारी लिएर काम गरेको स्थानीय लोकबहादुर श्रेष्ठले बताए ।
निर्माणको जिम्मेवारी पाएको गौरी पार्वती निलगिरी र आषिश जेभी कन्टक्सनले आठ महिनाभित्र काम सम्पन्न गर्ने गरि पुल निर्माणको जिम्मेवारी लिएका थिए ।
आफनो गाउँमा आएको विकास निर्माणको काम फिर्ता नजाओस भनि पुल निर्माणको जिम्मेवारी आपूmहरुले लिएको श्रेष्ठले बताए ।
अहिले पुल सञ्चालनमा आएपछि स्थानीय स्तरमा उत्पादन हुने फलपूmल र तरकारी बजारमा पु¥याउन सहज भएपछि स्थानीयको आर्थिक आम्दानीमा समेत बृद्धि भएको उनले बताए ।
दोरम्बा गाउँपालिका–५ मा पर्ने रजमानटार रामेछाप जिल्ला प्रदेशका ‘ख’ को उत्पादन योग्य जमिन मानिन्छ । त्यस ठाउँमा वर्षैभरी खेती गर्न सकिन्छ ।
हालै सञ्चालनमा आएको पक्की पुलले सुनापति र दोरम्बा गाउँपालिकालाई सडक सञ्जालमा जोडेपछि गाउँमा विरामी परेर सुविधिासम्पन्न अस्पतालमा लैजानु पर्दा बोकेरै गाल्वा, साँदीडाँडा वा नेपालथोकसम्म पु¥याउनु पर्ने बाध्यताबाट समेत त्यहाँका स्थानीय मुक्त भएका छन् ।

प्रतिकृया

Add