सिमेन्ट घोल्दा करेन्ट लागेर एकको मृत्यु

 मङ्लबार, चैत्र ६, २०७४ | onlinenews

रामेछाप जिल्लाको मन्थली नगरपालिका–५ भैरवि माध्यमिक विद्यालय सुनारपानीको भवन ढलान गर्न सिमेन्ट घोल्ने क्रममा मिक्सचर मेशिनबाट केरेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।
करेन्ट लागेर सुनसरी जिल्ला इनरुवा नगरपालिका घर भएका २२ वर्षका श्रमण खस्वयको मृत्युभएको हो ।
भवन ढलान गर्न सिमेन्ट घोल्ने क्रममा मिक्सचर मेशिनमा करेन्ट सर्ट भई श्रमणलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका श्रवणको सरदमुकाम मन्थलस्थित तामाकोसी सहकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी दिए ।

प्रतिकृया

Add