बृक्षारोपणमा विकास बैंकको सहयोग

 आइतवार, चैत्र ११, २०७४ | onlinenews

काठमाडौं । काठमाण्डौं महानगरपालिका–२ ले काठमाण्डौं लाजिम्पाटको होटल एम्वेस्डरदेखि होटल सांग्रीलासम्मको सडकको दाँयाबाँया बृक्षारोपण गरेको छ ।
सडकको दाँयाबाँया साकुरा जातिको विरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रममा गरिमा विकास बैंकले सहयोग गरेको छ ।
बृक्षारोपण कार्यक्रमको उद्घाटन रक्षामन्त्री ईश्वर पोखरेलले गरेका थिए । बृक्षारोपण कार्यक्रममा विकास बैंकका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विकास बैंकले समय समयमा सामाजिक कार्यक्रमको आयोजना गर्नुका साथै सामाजिक क्रियाकलापहरुमा संघ संस्थाहरुसँग हातेमालो गर्दै आएको छ ।
बैंकले आफ्नो केन्द्रिय कार्यालय पोखराबाट काठमाडौंमा स्थानान्तरण गरे लगत्तै “आफ्नो टोल आफै सफा गरौ” भन्ने नाराका साथ लाजिम्पाटको होटल एम्वेस्डरदेखि पानीपोखरी सम्मको सडक सरसफाई गरेको थियो ।
बैंकको ११ औं बार्षिकोत्सवको अवसरमा काठमाडौंको पशुपति मन्दिर आसपासको सडकमा बस्ने अतिबिपन्न व्याक्तिहरु लगायत चितवन, तनहुं, स्याङजा र म्याग्दीका आश्रमहरुमा बस्ने जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
विकास बैंकले व्यावसायको विस्तारको तीब्रता सँगसंगै सामाजिक उत्तरदायित्व अन्र्तगत वातावरण संरक्षणसँग सम्बन्धित क्रियाकलापलाई प्राथमिकता दिदै आएको छ ।
मेलम्चिको पाइप राख्ने क्रममा लगभग ९ सय ५० कि.मि बाटो खनी यत्रतत्र धूलो भएका कारण महानगरवासी साथै विदेशबाट आउने पर्यटक तथा पाहुनाहरु यसको शिकार बनेकाले महानगरको हरियाली तथा सरसफाईमा सामाजिक उत्तरदायित्व अन्र्तगत गरिने खर्च उपयोगि र अत्यावसेक रहेको वैंकको बुझाई छ ।
हरियाली महानगरपालिका बनाउनको लागि “आफ्नो टोल आफै सफा गरौ, हरियाली महानगरपालिका बनाऔ” नारा सहितको कार्ययोजना तत्काल ल्याइदिन पनि बैंकले महानगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
गरिमा विकास बैंक लिमिटेड राष्ट्रिय स्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्दीयकार्यालय रहेको यस विकास बैंकको हाल देशभर ४९ शाखा र १२ वटा एटिएम सञ्चालनमा छन । विकास बैंकले छिट्टै प्रदेश नम्बर १ कामोरङ्ग, झापा र सुनसरीमा गरि १० वटा शाखाकार्यालय स्थापनागर्दै छ ।
विकास बैंकले करिब १८ अर्ब २० करोेड निक्षेप संकलन गरि १६ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ ।

प्रतिकृया

Add