रामेछाप नगरपालिका खुल्ला दिसामुक्त

 शनिबार, बैशाख १, २०७५ | onlinenews

राजिव कार्की/ रामेछाप

रामेछाप जिल्लाको रामेछाप नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ ।
नगरपालिका भित्रका ९ वटै वडाका प्रत्येक घरधुरीले शौचालयको निर्माण र प्रयोग गर्न थालेपछि नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको हो ।
जिल्लाको पुरानो सदमुकाम रामेछापस्थित गौरशंकर उच्च माध्यमिक विद्यालयको प्राङगणमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरि नगरपालिकालाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरे ।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै जिसस प्रमुख खड्काले दिगो विकासको लक्ष्य प्राप्तिको पहिलो खुड्किलो खुल्ला दिसामुक्त भएको बताए ।
नगरपालिका भित्र प्रत्येक घरमा शौचालय बनाउन सहयोग गर्ने संघ सस्था एवं दातृ निकायलाई धन्यवाद दिदै खडकाले आगामी दिनमा पूर्ण सरसफाई युक्त नगरपालिका बनाउन सहयोग गर्नको लागि आग्रह समेत गरे ।
रामेछाप नगरपालिका प्रमुख नरबहादुर थापामगरले सन् २०१७ भित्र नेपाललाई पूर्ण खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत रामेछाप नगरपालिकालाई खुल्ला दिसामुक्त बनाउन कोषिस गरिए पनि विविध कारणले सम्भव नभएको बताए ।
नगर प्रमुख थापा मगरले अनेक चुनौतिका बाबजुद केहि ढिला भए पनि स्थानीय जनताको सरसफाईप्रतिको जागरुकता, स्थानीय जनप्रतिनिधि र सरसफाई प्रतिनिधिहरुको सक्रियताले नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्न सम्भव भएको बताए ।
स्वस्थ रहनको लागि दिसा पिसाव चर्पीमा गर्नुपर्ने र चर्पीको प्रयोगले नै सफा र स्वच्छ नगरको परिकल्पना साकार हुने भन्दै थापामगरले चर्पीको प्रयोगसँगै सरसफाईमा ध्यान दिन पनि नगरबासिलाई आग्रह गरेका छन् ।
सरसफाईका खातिर नगरपालिकाको आगामी बजेटमा खानेपानीलाई पहिलो प्राथमितामा राख्दै घरघरमा धारा पु¥याइने नगरप्रमुख थापाको प्रतिवद्धता समेत जनाए ।
रामेछाप नगरपालिकालाई खुल्ला दिसमुक्त बनाउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ, नेपाल रेडक्रश शोसाइटि जिल्ला शाखा रामेछाप, सवल परियोजना, सामुदयिक जनशक्ति विकाश कार्यक्रम गोल्माटार, पहाडी समाज कल्याण केन्द्र दोरम्बा, सामुदयिक विकाश समाज रामेछाप लगायतका सामाजिक संघसंस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेका थिए ।

प्रतिकृया

Add