नवसन्देश अंग्रेजी बोर्डिङ्ग स्कूल धोविको वार्षिकोत्सवमा भवन उद्घाटन

 शनिबार, बैशाख १, २०७५ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको धोविमा रहेको नवसन्देश अंग्रेजी बोर्डिङ्ग स्कूलको तेश्रो वार्षिकोत्सवको अवसरमा बोर्डिङ्गको नयाँ भवन उद्घाटन गरिएको छ ।
२०७२ सालमा स्थापना भएको बोर्डिङ्ग स्कूलको लिखु तामाकोशी गाउँपालिका–३ मा निर्माण गरिएको १० कोठ नयाँ भवन विद्यालयको वार्षिकोत्वसको अवसर पारेर उद्घाटन गरिएको हो ।
लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले रीवन काटेर साथै पानसमा बत्ती बालेर भवनको उद्घाटन गर्नु भएको हो ।
सोही अवसरमा नवसन्देश टेक्निकल इन्ष्टिच्यूटको पनि उद्घाटन गरिएको छ । साथै विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ ।
कार्यक्रमका अन्य अतिथिहरुमा इलाका प्रहरी कार्यालय धोविका प्रहरी नायव निरीक्षक परमानन्द यादव लगायत गाउँपालिका अन्तगर्त वडा नम्बर २,४,५,६ र ७ का अध्यक्षहरु क्रमश पदमबहादुर तामाङ, लिलाबहादुर बस्नेत, सोमबहादुर तामाङ, शिव प्रसाद न्यौपाने र सुवास बोहोरा रहेका थिए ।
गाउँमै बोर्डिङ्ग स्थापना गरेर गुणस्तरीय शिक्षाका लागि शहर तथा टाढाटाढा जानुपर्ने विद्यार्थीहरुको लागि सहज भएको भन्दै कार्यक्रमका अतिथिहरुले नवसन्देश बोर्डिङ्ग स्कूलको खुलेर प्रसंसा गरेका थिए ।
कार्यक्रममा स्कूलका विद्यार्थी तथा राष्ट्रिय कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । बार्डिङ्गको वर्षिकोत्सवमा आयोजित कार्यक्रमबाट बोर्डिङ्गको अध्यक्षमा विवेक श्रेष्ठ चयन हुनुभएको छ ।

प्रतिकृया

Add