आईपिएल क्रिकेटमा दिल्ली कोलकत्तासँग पराजित

 मङ्लबार, बैशाख ४, २०७५ | onlinenews

इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ ।
गएराति भएको खेलमा दिल्लीलाई कोलकाता नाईट राईडर्सले ७१ रनले हरायो । कोलकाताको इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन जोड्यो ।
कोलकाताका लागि नितिश रानाले ५९ रन तथा आन्द्रे रसेलले १२ बलमा ४१ रन जोडे । जवाफमा २ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १५ औं ओभरमा १ सय २९ रनमै अलआउट भयो ।
दिल्लीका ग्लेन म्याक्सवेलले ४७ रन तथा रिसभ पन्तले ४१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका सुनिल नारेन र कुलदिप यादवले ३Þ, ३ विकेट लिए ।
जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।आईपिएल क्रिकेटमा आज राति मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्नेछन् ।

प्रतिकृया

Add