पीडितले आफै मिल्छौँ भन्दै उजुरी फिर्ता लिदा दलाललाई प्रोत्साहन :डिएसपी

 शनिबार, बैशाख १५, २०७५ | onlinenews

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक अमरेन्द्रबहादुर सिंहले वैदेशिक रोजगारीमा जाने कामदारले आपूm ठगिए उजुरी दर्ता गर्ने र पछि हामी आफैं मिल्छौं भन्दै उजुरी फिर्ता गर्न आउने परिपाटिले ठेकेदार, दलालहरुलाई प्रोत्साहन मिल्ने गरेको बताए ।
वैदेशिक रोजगारीमा जाने कामदारले आपूm कुन देश जाँदैछु ? मैले गर्ने काम के हो ? कागजमा के लेखिएको छ ? जस्ता कुराहरुको सामान्य जानकारी समेत नराख्नते र अर्काको देखाशिखी गर्ने प्रबृत्तिले बिदेशको रोजगारीमा समस्या बढ्दै गइरहेकोे डिएसपी सिंहले बताए ।
खाडी तथा मलेसियामा रहेका नेपाली कामदारको समस्या समाधान गर्न गन्तव्य देशमा प्रहरीले उजुरी लिने र कानुनी प्रक्रिया अघि बढाउने संयन्त्र नहँुदा समस्या समाधानका लागि तत्कालै प्रयास गर्न सकिने अवस्था नरहेको बताए ।
बैदेशिक रोजगार, अध्यागमन र राहदानी ऐनका कसुरमा प्रहरी अनुसन्धानको व्यवस्था हुन नसक्नु पनि नेपाल प्रहरीका लागि समस्याको बिषय भएको डिएसपी सिंहले बताए ।
जिल्लामा संञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्र्तगतका साझेदार संस्था सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार र चाघरे सेवा समितिले आयोजना गरेको नेपाल प्रहरीहरुको लागि एकदिने अभिमुखिकरण उनले यस्तो बताएका हुन् ।
बैदेशिक रोजगारीमा जाने युवाहरुलाई सुरक्षित बैदेशिक रोजगारीका बारेमा सचेतना अभिबृद्धि गर्ने बताउँदै विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई समेत यस सम्वन्धि ज्ञान दिनु आवश्यक रहेको सिंहले बताए ।

नेपाल प्रहरीको बर्दिले बिदेशको यात्रा टा¥र्यो : प्रहरी निरीक्षक थापा

वैदेशिक रोजगारी सम्बन्धि प्रहरीका लागि एक दिने अभिमुखीकरण कार्यक्रममा प्रहरी निरीक्षक राजकुमार थापाले ठट्यौली गर्दै भने– “नेपाल प्रहरीको बर्दीले हामीलाई वैदेशिक रोजगारीमा जानुपर्ने र बाकसमा पर्कनुपर्ने परिस्थितिबाट जोगाएको हो कि ?
जिल्लाभित्र बैदेशिक रोजगारीको अवस्था र समस्याका बिषयमा जानकारी गराएपछि प्रहरी निरीक्षक थापाले ठट्यौली पारामा यस्तो बताएका हुन् । प्रहरी निरीक्षक थापाले कानुनी व्यवस्था र कानुनी क्षेत्राधिकार बिषयमा जानकारी जानकारी समेत गराएका थिए ।
त्यस्तै प्रहरी निरीक्षण राजु स्वर्णकारले मानब बेचबिखन तथा ओसारपसार ऐन २०६४ ले कसैलाई ललाइफकाई, प्रलोभनमा पारी झुक्याएर मानब बेचबिखन तथा ओसार पसार गरेको पाइएमा प्रहरीले तत्कालै कारवाही गर्न सक्ने बताए ।
सुरक्षित आप्रवासन परियोजना सामीका जिल्ला परियोजना संयोजक भोजराज सुनुवारले नेपालमा बैदेशिक रोजगारीका अवसर र चुनौति, सामाजिक लागतका बारेमा जानकारी गराए थिए ।
त्यस्तै साझेदार संस्थाले गरेका काम, उपलब्धि र सुचना केन्द्रमा दर्ता भएका घटनाका बारेमा कार्यक्रम संयोजक साथै परामर्सकर्ता सिर्जना बस्नेतले जानकारी गराएकी दिइन ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी अधिकृत, प्रहरी हबल्दार, प्रहरी जवान तथा जिल्लाभित्र रहेका ईलाका र प्रहरी चौकी ईञ्चार्जहरुको सहभागितामा रहेकोे थियो ।
बैदेशिक रोजगारीका शिलशिलामा हुने गरेका समस्या तथा ठगिलाई निरुत्साहित गरी पीडक पक्षलाई कानूनी कारबाही र पीडितलाई न्याय दिलाउन यस कार्यक्रम फलदायी हुने आयोजक संस्थाले बताएको छ ।

प्रतिकृया

Add