वुद्ध जयन्तीको अवसरमा रामेछापमा साँस्कृतिक मेला

 शनिबार, बैशाख १५, २०७५ | onlinenews

२५६२ औं वुद्ध जयन्तीको अवसर पारेर रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

बुद्ध जयन्तीको अवसरमा पारेर नेपाल मगरसंघ जिल्ला कार्यसमिति रामेछापले साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।

विश्वव्यापिकरणको प्रभावसँगै नेपाली कला संस्कृति लोप हुँदै गएकाले यसको संरक्षण लागि कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष खड्गबहादुर आलेमगरले बताए ।

कार्यक्रम वैशाख १६ गतेबाट सुरु भई १७ गते समापन हुनेछ । १६ गते गुम्बा हलमा लामा गुरुहरुबाट विश्व शान्ति पुजा हुने सह–आयोजक संस्था बौद्ध गुम्बा बिहार संघ रामेछापका अध्यक्ष हिमाल योञ्जनले जानकारी दिए ।

शान्तिपूजाको लागि संघमा आवद्ध रामेछापका गुम्बाहरुबाट करिब १ सय जना लामाहरुको उपस्थिति हुनेछ ।

यसैगरी वुद्ध जयन्तीको दिन १७ गते गुम्बाहलबाटै मगर, लामा लगायत विभिन्न जातीय झाँकी सहित ¥याली निकाली जिसस पछाडिको खुला चौरमा औपचारिक कार्यक्रम हुने पनि योञ्जनले जानकारी दिए ।

उद्घाटन पश्चात दिनभरी मनोरन्जनको लागि रामेछाप जिल्लाका राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा ख्याती प्राप्त दर्जनौ कलाकारहरुबाट साँस्कृतिक प्रस्तुति गरिने आयोजक संस्थाले जनाएको छ ।
कार्यक्रमलाई सहयोग गर्ने सुभेच्छुक, शुभचिन्तक तथा संस्कृति प्रेमीहरुबाट प्राप्त रकम गरीब तथा विपन्न समुदायको क्षेत्रमा खर्च गर्ने आयोजक टिमका सदस्य कपिल मगरले जानकारी दिए ।

उनले कार्यक्रम गर्न कुनै संघसंस्थाको आर्थिक सहयोग नभई व्यक्ति व्यक्तिको सहयोगबाट कार्यक्रम गर्न लागिएको पनि जानकारी दिए ।

प्रतिकृया

Add