नेपाल विद्यार्थी संघ उत्रियो सडकमा

 मङ्लबार, जेष्ठ १, २०७५ | onlinenews

सन्तोष ढुङ्गेल/काठमाडौं
काठमाडौं – नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ ।
भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो समय सकिएकाले अब भारतमै गाभ्नुपर्ने भन्दै विवादित विवादित अभिब्यक्ति दिएको भन्दै नेविसंघ सडकमा उत्रिएको हो ।
मंगलबार बिहान राजधानीको त्रिचन्द्र क्याम्पस अगाडि चक्काजाम, जुलुस ¥याली निकालेर नेविसंघले सांसद कीर्ति आजादलको अभिब्यक्तिको विरोध गरेका छन् ।
विरोध कार्यक्रमलाई संवोधन गर्दै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले आजादको अभिब्यक्तिले सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथिको प्रहार भएको बताए ।
उनले आजादलाई कारबाही गर्न भारतीय जनता पार्टीसँग माग गर्दै नेपाल सरकारलाई कुटनीतिक तवरबाट कारबाहीका लागि दवाव दिन आग्रह गरे ।
आजादको अभिब्यक्तिप्रति भत्र्सना गर्दै कसैले देशको सार्वभौममाथि आँच आउने कदम चाल्छ भने त्यसलाई नछाडिने पनि काफ्लेले बताए ।
आजादलाई कारबाहीको गर्न नेपाल सरकारले भारत सरकारलाई कुटनीतिक दवाब दिनु पर्ने माग राखेर मंगलबार दिउँसो २ बजे भारतीय दूतावास लैनचौरमा धर्ना दिने बताएको छ ।

प्रतिकृया

Add