सुनापतीको सरकारी कार्यालय र विद्यालयमा सिसी क्यामेरा

 शुक्रबार, जेष्ठ ४, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको सुनापति गाउँपालिकाले गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरुमा सिसी क्यामेरा जडान गर्ने भएको छ ।
सरकारी कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र विद्यालयमा हुने पठनपाठनको स्तरलाई सुधार गर्न गाउँपालिकाले सिसी क्यामेरा र इलेक्ट्रोजिन हाजिरी अनिवार्य गर्न लागेको सुनापति गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाको बैठकले गाउँपालिकाभित्र रहेको अशक्त अपाङ्गताहरुको स्वास्थ्य परीक्षण गर्ने, अपाङ्गता परिचयपत्र वितरण गर्ने, ८० बर्षभन्दा माथिका बृद्धाबृद्धलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिए ।
गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालय र सरकारी कार्यालमा सिसी क्यामेरा र इलेक्ट्रोनिक हाजिरी गर्ने निर्णय गरिएको लामाले बताए ।
हिउँद बर्षा नै गाउँपालिकाभित्र सहज रुपमा यातायात सञ्चालन गर्नको लागि गाउँपालिकाले जेसिवी खरिद गर्ने पनि निर्णय गरेको लामाले बताए ।

प्रतिकृया

Add