नेकपाले केन्द्रीय समितिलाई पूर्णता दियो, को–को प¥यो केन्द्रीय समितिमा

 मङ्लबार, जेष्ठ ८, २०७५ | onlinenews

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् ।
पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रमअनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको छ ।
तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको नेकपाले जनाएको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो ।
४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २ सय ४१ जना र तत्कालीन माओवादीका तर्फबाट २ सय जना छन् ।

६ जना आमन्त्रिण केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् ।
यस अघि एकीकृत पार्टीले ९ सदस्यीय सचिवालय बनाईसकेको छ ।

नाम हेर्नको लागि तल पिडिएफ फाइलमा क्लिक गर्नुहोस्

NCP-CC-441-final-namelist

प्रतिकृया

Add