कपडा तथा सिलाई ब्यवसायी संघको अध्यक्षमा गोपाल नेपाली

 आइतवार, जेष्ठ २०, २०७५ | onlinenews

रामेछाप– नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ जिल्ला कार्यसमिति रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन भएका छन् ।
शनिरबार सदरमुकाम मन्थलीमा सम्पन्न भएको छैठौ साधारणसभा तथा विशेष अधिवेशनले गोपाल नेपालीलाई जिल्ला अध्यक्षमा चयन गरेको हो । समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्ष– ज्ञानबहादुर सुन्दास, सचिव–हिरा रसाइली, सह–सचिव– राधिकार नेपाली र कोषाध्यक्षमा राजन सुन्दास रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, उर्मिला खड्का, रञ्जु श्रेष्ठ, रामहरी नेपाली, राजकुमार नेपाली र भिमबहादुर तिखत्री रहेका छन् ।
अधिवेशनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नेपाल कपडा तथा सिलाई ब्यवसायी संघका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण श्रेष्ठले जिल्लाका ब्यवसायिहरुको क्षमता बृद्धिको लागि केन्द्रीय समितिले सहयोग गर्ने बताएका छन् ।
जिल्लाका ब्यवसायिहरुको क्षमता अभिबृद्धि गर्नु आवश्यक रहेको भन्दै उनले जिल्लाका ब्यवसायिहरुको क्षमता विकासको लागि केन्द्रबाट कार्यक्रम ल्याइने बताए ।
कार्यक्रमका विशेष अतिथि तथा मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले कपडा तथा सिलाई ब्यवसायिको क्षमता विकासको लागि मन्थली नगरपालिका सहयोग गर्न तयार रहेको बताएका छन् ।
क्षमत विकासको लागि कार्यक्रम बनाएर ल्याउनुस् नगरपालिका सहयोग गर्न तयार छ, नगरपालिका प्रमुख बस्नेतले भने ।
नव निर्वाचत अध्यक्ष गोपाल नेपालीले टिममा सबैलाई मिलाएर आगडि बढ्नु आफ्नो पहिलो काम हुने बताएका छन् । असन्तुष्ट रहेका साथीहरुसँग पनि म मिलेर काम गर्न चाहन्छु र उहाँहरुलाई पनि सँगै लिएर आगाडि बढ्ने छु अध्यक्ष नेपालीले भने ।
साथै जिल्लाका ब्यवसायिहरुको क्षमता विकासका लागि तालिम तगायतका कार्यक्रमहरु सञ्चालन गर्ने पनि उनले बताएका छन् ।

प्रतिकृया

Add