पत्रकारमाथि प्रहरीको कुटपिट

 शुक्रबार, असार १, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा प्रहरीले ब्यवसामाथि गरेको हस्तक्षेपको समाचार संकलन गर्न गएका पत्रकारमाथि प्रहरीले कुटपिट गरेको छ ।
रामेछाप जिल्लामा ठूला ढुवानीको साधन सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका ब्यवसायिमाथि प्रहरीले लाठी चार्ज गरेको थियो ।
ब्यवसायिमाथि प्रहरीले लाठी चार्ज गरेपछि समाचार संकलनको लागि घटना स्थलमा पुगेका पत्रकार यूनिक विफा घिसिङलाई समेत प्रहरी कुटपिट गरेको हो ।
परिचय पत्र देखाउँदै आपूm पत्रकार भएको बताउँदा पनि प्रहरीले एकोहोरो आपूmमाथि लाठी वर्षाएको पत्रकार घिसिङले बताए ।
प्रहरीको कुटाइबाट पत्रकार घिसिङको दुवै गोडामा चोट लागेको छ ।

पत्रकार कुटिएको घटनाको पत्रकार संघसंगठनद्धार धत्सर्ना

समाचार संकलनको क्रममा पत्रकार यूनिक विफा घिसिङमाथि प्रहरीले कुटपिट गरेको घटनाको नेपाल पत्रकार महासंघ लगायत जिल्लामा क्रियाशीत पत्रकार संघसंगठनहरुले भत्सर्ना गरेका छन् ।
नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति निकालेर पत्रकार घिसिङमाथि भएको कुटपिटको घटनाको भत्सर्ना गरेको छ ।
नेपाल पत्रकार महासंघ रामेछापका केन्द्रिय पार्षद समेत रहेका पत्रकार यूनिक बिफा घिसिङलाई प्रहरीले निर्मम कुटपिट गरेको घटनाप्रति विज्ञप्ति प्रकाशित गरि महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्ता घटनाले सञ्चार माध्यम माथिको स्वतन्त्रतालाई प्रहरी प्रशासनले हस्तक्षेप गरी उल्लंघन गरेको पनि महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।
आफु पत्रकार भएको जानकारी गाराउँदा गराउदै पनि प्रहरीले निर्मम तरिकाले कुटपिट गर्नु निन्दनीय कार्य भएको महासंघले जनाएको छ ।
त्यसैगरी पत्रकार घिसिङमाथि भएको कुटपिटको घटनाप्रति अन्य पत्रकार संघसंगठनहरुले पनि विज्ञप्ति जारी गरि भत्सर्ना गरेको छ ।
प्रेस सेन्टर नेपाल रामेछाप, प्रेस युनियन रामेछाप, प्रेस चौतारी नेपाल रामेछाप, आदिवासी जनजाति पत्रकार महासंघ नेपाल रामेछाप र सञ्चारिका समूह, रामेछापले संयुक्त विज्ञप्ति प्रकाशित गरि घटनाको भत्सर्ना गरेको हो ।
समाचार संकलनको लागि गएका पत्रकारप्रति प्रहरीले दुब्र्यवहार गरी अपशब्द प्रयोग गरेर वर्वर कुुटपीटको घटनाले प्रेस स्वतन्त्रता, कानुनी राज्य र लोकतन्त्रको प्रहरी प्रशासनले ठाडो उपहास गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो घटना गराउन निर्देशन दिने तथा घटनामा संलग्न प्रहरीमाथि कारबाहीको हामी जोडदार माग गर्दछौं विज्ञप्तिमा उल्लेख छ ।
साथै घाइते पत्रकार घिसिङको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरिएको छ ।

प्रतिकृया

Add