रामेछापमा खाद्य बस्तुको हाहाकार, स्थानीयले निकाले ढाक्रे जुलुस

 शनिबार, असार २, २०७५ | onlinenews

एक महिनादेखि ढुवानीको साधन बन्द हुँदा रामेछाप जिल्लामा खाद्य बस्तुको हाहाकार भएको छ ।
विपी राजमार्ग हुँदै रामेछाप जिल्लामा ठूला ढुवानीका साधन सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशको विरुद्धमा ढुवानीका साधन बन्द गरेर ब्यवसायि आन्दोलनमा उत्रिएपछि खाद्य बस्तुको हाहाकार भएको हो ।
खाद्य बस्तुको समेत ढुवानी हुन नसक्दा रामेछापका होटल ब्यवसाय समेत संकटमा परेको होटल ब्यवसायि सुमिका श्रेष्ठले बताइन । दाल, चामल र खाने तेलको अभाव हुँदा होटल नै बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठको भनाई छ ।
जिल्लामा खाद्य बस्तुको संकट हुन थालेपछि विपी राजमार्ग हुँदै रामेछाप जिल्लामा ठूला ढुवानीका साधन सञ्चालन हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका रामेछापका ब्यवसायिहरुले शनिबार ढाक्रे जुलुस निकालेका छन् ।
राज्यले रामेछापका जनतालार्ई ढाकरमा सामान बोकेर जिविको चलाउनु पर्ने अवस्थामा पु¥याएको भन्दै सांकेतिक विरोधको रुपमा ढाक्रे जुलुस निकालिएको ब्यवसायि होतराज ढकालले बताए ।
सडक नहुँदा ‘हाम्रा बुबाहरुले सिन्धुली हुँदै ढाकरमा सामान बोकेर जीविको चलाउनु हुन्थ्यो, सडक भएर पनि अहिले राज्यले हामीलाई त्यही अवस्थामा पु¥याएकाले ढाक्रे जुलुस निकालेका हौं’ ढकालले भने ।
रामेछापका बजार तथा पसलहरुमा खाद्य बस्तुहरुको अभाव हुँदा भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको उपभोक्ता राजन बुढाथोकीले बताए ।
ढुवानी तथा यातायातका ठूला सवारी साधन सञ्चालन गर्न पाउँनुपर्ने माग गर्दै जिल्ला उद्योग बाणिज्य संघ रामेछापको अगुवाइमा रामेछापका ब्यवसायिले तीन हप्तादेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।
प्राविधिक रिपोर्ट अनुसार विपी राजमार्गमा सेमी टेलर (१६ चक्के) सम्मको ढुवानीका साधन र ३८ सिट क्षमतासम्मको सवारीका साधन सञ्चालन गर्न सकिने छ ।
प्राविधिक रिपोर्टको आधारमा ठूला गाडी सञ्चालन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोकेपछि रामेछापको ब्यवसायि आन्दोलीत भएका छन् ।

 

 

 

 

 

 

प्रतिकृया

Add