पार्टी नेतृत्वको कम्जोरीले निर्वाचनमा काँग्रेसको पराजय भयो : डा. महत

 शनिबार, असार ९, २०७५ | onlinenews

 रामेछाप/ नेपाली काँग्रेसका नेता डा. रामशरण महतले पार्टी नेतृत्वको कम्जोरीको कारण काँग्रेसले निर्वाचनमा हार ब्यहोर्नु परेको बताए ।
पार्टी सभापतिले सही नेतृत्व दिन नसक्दा निर्वाचनमा पराजय भोग्नु परे पनि काँग्रेसको जनमत भने नघटेको नेता महतको भनाई छ ।
नेपाली काँग्रेसले निर्वाचनमा हार ब्यहोर्नुमा वामपन्थी एकता एउटा कारण भए पनि मुख्य चाँही पार्टीभित्रको आन्तरिक कारण नै भएको बताए ।
नेपाली काँग्रेस आगामी निर्वाचनमा शक्तिशाली पार्टी बन्न सक्ने बताउँदै त्यसको लागि नेतृत्वले आन्तरिक ब्यवस्थापन गर्न सक्नुपर्ने बताए । पार्टीभित्र विभिन्न गुटउपगुटहरु रहेको भन्दै गुट अन्त्यको लागि पार्टी नेतृत्वले पहल लिनुपर्ने नेता महतको भनाई छ ।
काँग्रेकोभित्रको गुट र उपगुट नै पार्टीको मुख्य समस्या रहेको उनले बताए । रामेछापको सदरमुकाम मन्थलीमा प्रेस यूनिय नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा महतले यस्तो बताएका हुन् ।
नेता महतले वर्तमान वाम सरकारले नयाँ काम केही गर्न नसेको पनि बताए । अहिलेको सरकारले विगतमा काँग्रेकसले सुरुवात गरेको कामहरुलाई नै निरन्तरता दिएको नेता महतको भनाई छ ।
सरकार निरंकुश बन्दै गएको पनि महतले आरोप लगाए । सरकारलाई जनहित विपरीत काम गर्न नदिंन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि नेता महतले बताए ।

प्रतिकृया

Add