शेरबहादुर स्मृति प्रतिष्ठानले रामेछापमा दियो ६ वटा एम्बुलेन्स

 शनिबार, असार २३, २०७५ | onlinenews

 रामेछाप-  स्वर्गीय शेरबहादुर तामाङको नामबाट स्थापना गरिएको शेरबहादुर स्मृति प्रतिष्ठान रामेछापले जिल्लामा ६ वटा एम्बुलेन्स दिएको छ ।
प्रतिष्ठानले रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवि गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापाति गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिष्ठानद्धारा वितरण गरिएका एम्बुलेन्सको साँचो सम्बन्धित नगरपालिका र गाउँपालिकामा गठित एम्बुलेन्स सञ्चालक समितिलाई हस्तान्तरण गरेका छन् ।
शेरबहादुर स्मृति प्रतिष्ठानले रामेछाप जिल्लाको दुई वटा नगरपालिका र ४ वटा गाउँपालिकामा छुट्टाछुट्ट एम्बुलेन्स सञ्चालक समिति गठन गरि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
नेपाली काँग्रेस रामेछापका महासमिति सदस्य समेत रहेका प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर स्मृति प्रतिष्ठानद्धारा एम्बुलेन्स वितरण गरेका हुन् ।
रामेछाप जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यासी समेत रहेका तामाङले निर्वाचनमा भोट माग्ने क्रममा आपूmले जनतासँग गरेको बाचा अनुरुप एम्बुलेन्स वितरण गरेको बताए ।
एम्बुलेन्स वितरण कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चित्रलेखा यादव लगाएका नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया

Add