पहिरोले रामेछापको उत्तरी क्षेत्रको सडक अवरुद्ध

 शनिबार, साउन १२, २०७५ | onlinenews

 रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीबेसीबाट गोकुलगंगा गाउँपालिका हुँदै जिल्लाको उत्तरी क्षेत्रमा जाने सडकको ठाउँठाउँमा पहिरो झर्दा यातायात अवरुद्ध भएको छ ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पहिरो जाँदा उत्तरी क्षेत्र जाने सडक पूर्ण रुपमा अवरुद्ध भएको गोकुलगंगा गाउँपालिकाका स्थानीय छत्रबहादुर केसीले जानकारी दिए ।
पहिरो पन्छाउन डोजर प्रयोग गरिए पनि सडकमाथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले यातायता सञ्चालन हुन नसकेको उनले बताए ।
वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ भने फर्पुमा सुख्खा पहिरो निरन्तर झरिरहेकाले सडक खुलाउन नसकिएको गोकुलगंगा गाउँपालिकाले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध गरेपछि गोकुलगंगा उगाउँपालिका हुँदै उमाकुण्ड गाउँपालिका जाने यात्रुहरु बीचबाटैमा अलपत्र परेको स्थानीय विष्णु खड्काले जानकारी दिए ।

प्रतिकृया

Add