साना उद्योगिलाई प्रविधि उपकरण प्रदान

 आइतवार, साउन १३, २०७५ | onlinenews

रामेछाप- घरेलु तथा साना उद्योग विकास समिति रामेछापले घरेलु तथा साना उद्योगी तथा किसानलाई नयाँ प्रविधि उपकरण प्रदान गरेको छ । उद्योगीहरुले माग गरे अनुसारका प्रविधि उपकरण प्रदान गरिएको घरेलु तथा साना उद्योग विकास समिति रामेछापले जनाएको छ ।
आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक कार्यक्रम अन्तर्गत घरेलु तथा साना उद्योग विकास समितिमा उद्योग दर्ता गरि व्यवसाय सञ्चालन गर्दै आएका ब्यवासायिलाई प्रविधि उपकरण प्रदान गरिएको हो ।
साना उद्यमीहरुलाई आयआर्जन तथा व्यवसायमा टेवा पु¥याउने उद्देश्यले प्रविधि उपकरण प्रदान गरिएको घरेलु तथा साना उद्योग विकास समिति रामेछापका बरिष्ठ उद्योग अधिकृत राजेन्द्रकुमार श्रेष्ठले बताए ।
कार्यालयले सिलाईकटाईमा प्रयोग हुने भ्याकुम टेवुल, आइरन, कोट पेस्टिङ्ग मेसिन, जुकी मेसिन, काचघर मेसिन, भ्यकुम आइनर, पिको मेसिन, सिलाई मेसिन, लक मेसिन प्रदान गरेकोे छ ।
त्यस्तै बंगुर फार्ममा प्रयोग हुने वेट मेसिन, पानी तान्ने मोटर, डिजिटल वेट मेसिन, डि फ्रिज लगायतका उपकरण प्रदान गरेको हो ।
मासु पसल संचालकका लागि डि फ्रिज, फलफुल तर्था नर्सरी व्यवसाय सञ्चालन गर्दै आएका किसानहरुलाई जुसर मेसिन, ग्रिल उद्योग सञ्चालकलाई वेल्डिङ्ग मेसिन र कटिङ्ग ड्रिल मेसिन जस्ता उपकरणहरु गरि कुल २६ लाख १५ हजार रुपैयाँ वरावरको उपकरण उद्यमीहरुलाई प्रदान गरिएको घरेलु तथा सना उद्योग विकास मिति रामेछापले जनाएको छ ।
फरक–फरक ब्यवसाय सञ्चालन गर्ने ३० जना ब्यवसायिलाई प्रविधि उपकरण प्रदान गरिएको हो ।
हस्तान्तण गरिएका उपकरणहरुमा ८० प्रतिशत रकम कार्यालयको तर्फबाट र २० प्रतिशत रकम उद्यमीहरु आफैले ब्यहोर्नु पर्नेछ ।

प्रतिकृया

Add