युएइले तीन महिनाको लागि आममाफीको योजना खुला ग¥यो

 बुधबार, साउन १६, २०७५ | onlinenews

काठमाडौँ– युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सजिलोका लागि बुुधबारबाट तीन महिनासम्म आम माफी योजना लागु गरेको छ ।
नेपाली दूतावासले यो योजनाको सक्दो उपयोग गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । आममाफी लागू भएपछि अब बिनाभिसा लुकीछिपी युएईमा रहेका जुनसुकै देशका नागरिकले बिनाजरिवाना र बिना सजायँ आफ्नो देश जान वा काम र भिसा दिने स्पोन्सर पाएमा वैधरूपमा पुनः युएईमै काम गर्न पाउने छन् ।
नेपाली दूताबास आबुधाबीले गैरकानुनी रुपमा युएईमा रहेका नेपालीलाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्ति मार्फत आग्रह गरेको छ । दूताबासले युएईभित्र रहेका सबै अ‍ैध नेपालीहरुलाई आफ्नो सम्पर्कमा आउनसमेत आग्रह गरेको छ ।
युएईले गैरकानूनी रुपमा रहेका नेपाल सहितका विदेशी कामदारलाई अगस्ट १ देखि तीन महिनाको आममाफी दिनेबारे सम्बन्धित देशका दूतावासलाई औपचारिक जानकारी गराएपछि नेपाली दूतावासले पनि यो सुविधाको फाइदा लिन नेपालीलाई आग्रह गरेको हो ।
कार्यवाहक राजदूत सागरप्रसाद फुँयालका अनुसार भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर ओभरस्टे भएका, राहदानी नभएका नेपालीले दूताबासको सहयोगमा आवश्यक कागजात बनाएर नेपाल फर्कन पाउनेछन् ।

प्रतिकृया

Add