विद्यालय र शिक्षा इकाइको लापर्वाहीले विद्यार्थीको भविष्य अन्योलमा

 सोमवार, साउन २८, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापमा रहेको माध्यमिक विद्यालय भंगेरी र शिक्षा विकास तथा समन्वय इकाई रामेछापको लापर्वाहीले विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ ।
माध्यमिक विद्यालय भंगेरीले कक्षा ९ मा भर्ना भएर त्रैमासिक परीक्षा समेत दिइसकेका ५ जना विद्यार्थीलाई पुनः कक्षा ८ मै झारिदिएपछि ती विद्यार्थीहरु विद्यालय जानै छाडेका छन् ।
कक्षा ९ मा ४ महिना पढिसकेका पाँच जना विद्यार्थीलाई विद्यालयले फेल भएको भन्दै कक्षा ८ मै झारिदिएपछि विद्यार्थीहरु विद्यालय नै जान छोडेका हुन् ।
विद्यालयले कक्षा ९ मा अध्ययन गरिरहेका संगिता शाही, समिर लामा, अनमोल तामाङ, दुर्गा श्रेष्ठ र मिना तामाङलाई कक्षा–८ मा झारिदिएको हो ।
कक्षा ९ मा ४ महिना पढिसकेकाले अब कक्षा ८ मा पढ्न जाँदा लाज हुने भएकाले पढाई नै छोडेको विद्यार्थी मिना तामाङले बताइन । कक्षा घटुवामा परेका पाँचै जना विद्यार्थीले पढाई छाडेका छन् ।कक्षा घटुवा परेका मध्य दुर्गा श्रेष्ठले विवाह गरेर गइसकेकी छन् भन्ने अन्य अन्यलाई कक्षा–८मा आएर पढ्न विद्यालयले अनुरोध गर्दा पनि विद्यालय नआएको प्रधानाध्याकप बख्रेलले बताए ।
‘कक्षा ८ मा पास भएको भनेर विद्यालयले कक्षा ९ मा भर्ना ग¥यो, कक्षा ९ को त्रैमासिक परीक्षा पनि दिइसकियो, अहिले आएर हेडसरले तिमीहरु फेल भएछौं कक्षा ८ मै पढ्नु पर्ने भयो भन्नुभयो–तामाङले भनिन् ।’
कक्षा ९ को त्रैमासिक परिक्षा दिइसकेकापछि सरले कक्षा ८ मै पढ्न पठाएपछि विद्यालय जानै छोडेको तामाङको भनाई छ ।
शिक्षा विकास तथा समन्वय इकाईले ग्रेडिङ प्रणालीको बारेमा समयमै जानकारी नदिएकाले समस्या आएको माध्यमिक विद्यालय भंगेरीको प्रधानाध्यापक ढुण्डीराज बख्रेलको आरोप छ ।
‘एसइइमा १.६९ जिपिए ल्याएका विद्यार्थीले कक्षा ११ पद्न पाउँछ । कक्षा ८ मा पनि त्यही होला भनेर हामीले १.६९ जिपिए ल्याएका विद्यार्थीलाई माथिल्लो कक्षमा भर्ना ग¥यौ बख्रेलले भने ।’
‘१.६९ जिपिए ल्याएका पाँच जना विद्यार्थीलाई हामीले ९ कक्षा भर्ना गरेको पनि हो । त्रैमासिक परीक्षा दिएको पनि तर उनीहरुको सर्टिफिकेटमा इनकम्प्लिट भनेर आएपछि कक्षा ८ मै झारिएको हो प्रधानाध्यापक बख्रेलले भने ।’
शिक्षा विकास तथा समन्वय इकाइले विद्यार्थीको सर्टिफिकेट ढिलो पठाइदिएकाले समस्या आएको उनको भनाई छ ।
यस विषयमा शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्रमुख मुकुन्दकेशरी पोखरेलले भने आपूmले विद्यालयसँग बुझेरमात्र प्रतिक्रिया दिने बताए ।

प्रतिकृया

Add