दोरम्वा हत्याकाण्ड दरवारको निर्देशनमा भएको हो–प्रचण्ड

 शुक्रबार, भदौ १, २०७५ | onlinenews

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व चर्चित रामेछाप जिल्लाको दोरम्वा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभई दरबारको ठाडो निर्देशनमा भएको बताए ।
१५ वर्षअघि (२०६० साल साउन ३२ गते) आफ्नो पार्टीको २१ जना नेता कार्यकर्ताको हत्या भएको दोरम्बा हत्याकाण्डलाई आफ्नो पार्टीले विशेष रुपमा हेरेको अध्यक्ष दाहालले बताए ।
१५ औ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा शहीद परिवार सम्मान कार्यक्रमलाई रामेछापको दोरम्बामा संवोधान गर्दै उनले यस्तो बताएका हुन् ।
तत्काली सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा दोश्रो शान्ति बार्ता चलिरहेको बेलामा राजनीतिक बार्तालाई विथोली मान्छे मारेर परिवर्तनलाई रोक्ने सुनियोजीत योजनामा दरबारले दोरम्बा हत्याकाण्डको मञ्चन गरेको अध्यक्ष दाहालको भनाई छ ।
तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेको बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।
दोरम्वा हत्याकाण्डपछि राजतन्त्र फाल्ने र देशमा गणतन्त्र ल्याउन सफल भएको बताए । शहीदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र हुँदै पार्टी एकीकरणमा रुपमान्तरण भएको भन्दै शहीद परिवारका सदस्यलाई मन दरो पार्न समेत अनुरोध गरे ।
शहीदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन सफल भएको पनि बताए ।
दोरम्वामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्वालाई युद्ध पर्यटकीय स्थल बनाउने घोषणा गरेका छ ।
काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र दोलखाको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्नको लागि तत्कालै आवश्यक वजेटको व्यवस्थापन गर्ने पनि अध्यक्ष दाहालले बताए ।
साथै अध्यक्ष प्रचण्डले शहीद परिवारका बालबच्चा र युद्धबाट प्रभावित भएका सबै बालबालिकाको शिक्षा, दिक्षा र परिवारको भरणपोषणको जिम्मा पनि कम्युनिष्ट सरकारले नै लिने बताए ।
नेपाली सेनाको हेलीकप्टरबाट दोरम्बा पुगेका प्रचण्डले औपचारिक कार्यक्रममा सहभागि हुनु पहिले डाँडाकटेरीमा रहेको शहीदहरुको समाधि स्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
दोरम्वा बजारमा आयोजीत औपचारिक कार्यक्रमकाबीच शहीद परिवारलाई दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो ।
फरक प्रसंगमा अध्यक्ष दाहालले निर्वाचनको क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा पार्टीले प्रतिवद्धता गरे अनुसारको विकास निर्माणमा ढिलाई भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री केपी ओली र आपूmबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको बताए ।
जनताले केही राहात पाउने गरि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने पनि उनलले बताए । दोरम्बा हत्याकाण्डमा तत्कालीन शाही नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रि मानव अधिकारवादी संस्था एमनेष्टि इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कार्बाही गर्न सरकारलाई सिफारिस समेत गरेको थियो ।

प्रतिकृया

Add