सुनापतिमा पनि मनाइयो अन्तराष्ट्रिय युवा दिवस

 शुक्रबार, भदौ १५, २०७५ | onlinenews

रामेछाप-रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं. २ र ५ मा पनि विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय युवा दिवस मनाइएको छ ।
“युवाका लागि सुरक्षित वातावरण”भन्ने नाराका साथ गजल, कविता बाचन, नृत्य प्रतियोगिता, सडक नाटक प्रदर्शन गरी मनाएको हो ।
सुनापति गाउँपालिका–२ दिमीपोखरीमा प्रगतिशील युवा सञ्जाल र वडा कार्यालयको आयोजना तथा सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना र न्यायिक संसारको सहयोगमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइएका हो ।
त्यसैगरी वडा नं. ५ खनियापानीमा दीपज्योति युवा संजाल र वडा कार्यालयको आयोजनामा पिएसएफ लक्जेम्वर्गको आर्थिक सहयोग तथा टिडिएच जर्मनी मार्फत सामुदायिक विकास समाजद्वारा सञ्चालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको सहयोगमा ¥याली, प्रवचन, विविध साँस्कृतिक कार्यक्रम साथै वृक्षरोपण गरि दिवस भब्य रुपमा मनाइएको छ ।

प्रतिकृया

Add