रामेछाप बजारमा पनि बाणिज्य बैंकको ए.टि.एम सेवा

 शुक्रबार, अशोज १९, २०७५ | onlinenews

रामेछाप- रामेछाप जिल्लाको पुरानो सदरमुका रामेछाप बजारमा रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखामा पनि बिहीबारबाट ए.टि.एम सेवा सुरु भएकोे छ । ग्राहकहरुको माग र आवश्यकता अनुसार ए.टि.एम सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

एक औपचारिक कार्यक्रमको आयोजना गरि बैंकले ए.टि.एम सेवा सुरु गरिएको जानकारी गराएको हो । राष्ट्रिय बाणिज्य बैंकको एटीएम सेवा सदरमुकाम मन्थलीमा मात्र रहेकोमा अब पुरानो सदरमुकाम रामेछाप बजारमा रहेको शाखामा पनि विस्तार भएको छ ।
रामेछाप शाखामा सुरु गरिएकोे ए.टि.एम सेवा रामेछाप नगरपालिकाकै पहिलो सेवा भएको राष्ट्रिय बाणिज्य बैंक रामेछापका प्रबन्धक ईन्द्रमणि दुलालले जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैंकले देशभर १ सय ५० भन्दा बढि ठाँउहरुबाट ए.टि.एम सेवा सञ्चालनमा ल्याइसकेको पनि दुलालले बताए ।
उनका अनुसार हालसम्म तीन लाख भन्दा बढि सेवाग्राहीहरुले ए.टि.एम मार्फत पैसा झिक्ने गरेको र रामेछाप शाखाबाट पनि तीन सय भन्दा बढि सेवाग्राहीले ए.टि.एम कार्ड लिइसकेका छन् ।
पुरानो सदरमुकाम रामेछापमा सुरु गरिएको एटीएम सेवा बिहीबार रामेछापका नगर प्रमुख नरबहादुर थापामगर र राष्ट्रिय वाणिज्य बैँकका केन्द्रिय प्रबन्धक सोनी श्रेष्ठले संयुक्त रुपमा दीप प्रज्वलन तथा रिबन काटेर उद्घाटन गरेका हुन् । ए.टि.एम सेवा २४ सै घण्टा खुल्ला रहने पनि बैंकले जनाएको छ ।

प्रतिकृया

Add