गोकुलगंगा गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर बन्दै

 शुक्रबार, अशोज १९, २०७५ | onlinenews

रामेछाप-रामेछापको गोकुलगंगा गाउँपालिकाले विश्व पशुपन्छी दिवसको अवसरमा ¥याली तथा पशु विमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ ।
दिवसको अवसरमा “पशुपन्छी प्रतिको सत्व्यवहारः समृद्ध नेपालको आधार” भन्ने मुल नाराको साथ गाउँकार्यपालिकाको कार्यालयबाट ¥याली निकाली रस्नालु बजार परिक्रमा गरेको थियो ।
¥याली पश्चात भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले ६ वटै वडामा पशु पकेट क्षेत्र घोषणा गरिसकिएको बताए ।
वडा नं. १ मा चौरी २ मा ट्राउड माछा, ३ मा बंगुर पालन ४ मा ट्राउड माछा र कुखुरा पालन ५ मा गाई फार्म विकास र ६ लाई बाख्रा फर्म पकेट क्षेत्र बनाइएको पनि अध्यक्ष सुनुवारले जानकारी दिए ।
गाउँपालिका मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको पनि उनले बताए । पशु विमा सम्बन्धी कार्यक्रमको सहजीकरण प्रिमियर इन्सोरेन्स कम्पनीका भिपेन्द्र पराजुलीले गरेका थिए ।
पशुपन्छि विकास शाखाले किसानलाई आर्थिक नोक्सानबाट जोगाउन हरेक किसानको घरदैलोमा पशु विमा कार्यक्रम पुयाउने शाखा प्रमुख लोकप्रसाद फुयालले बताए ।
यसैगरी सिद्धार्थ वैंकका प्रबन्धक प्रदिपकुमार कार्कीले असल पशु उद्यमीलाई सिफारिस गरे फर्म दर्ताको प्रमाण–पत्र धितो राखी १० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्न सकिने बताए ।
यता सहकारीको तर्फबाट बोल्दै किस्मत वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर सुनुवारले पशु उद्यमीलाई सहज प्रकृयाबाट सस्तो व्याजदरमा ऋण प्रवाह गर्न सकिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा गाउँकार्यपालिका सदस्यहरु, वैंक तथा सहकारी संस्थका पदाधिकारी, पशु उद्यमी, ग्रामिण पशु स्वास्थ कार्यकर्ता, निजी क्षेत्रमा कार्यरत जे.टी.ए, पत्रकार लगायत ४५ जनाको सहभागीता रहेको थियो ।

प्रतिकृया

Add