गरीब घरपरिवार पहिचान परिचय पत्रमा पनि धनीकै बर्चस्व

 बुधबार, अशोज ३१, २०७५ | onlinenews

२५ जिल्लामा वितरण गर्न ठिक्क पारिएको ‘गरीब घरपरिवार पहिचान परिचय पत्र’ भित्रको चरम बेथिति दखिएको छ । गरिबीको रेखामुनि रहेका नेपालीको जीवनस्तर उकास्न गरीब घरपरिवार पहिचान र परिचय पत्र वितरण गर्ने सरकारी कार्यक्रम अहिले कार्यान्वयनको प्रारम्भिक चरणमा छ ।
कार्यक्रम अनुसार, घरको छानो, जग र गारोदेखि खाना पकाउने इन्धनको प्रकार, घरायसी सुविधाको उपलब्धता, शैक्षिक र सामाजिक अवस्था लगायतका १८ वटा सूचकका आधारमा २५ जिल्लामा गरीब घरपरिवारको पहिचान गरिएको छ ।
तर देशभरीमा ४० प्रतिशत गरिव सरकारको सूचीमा समेत पर्न सरेका छैनन । गरिवका नाममा धनीले परिचयपत्र लिइरहेका छन् ।
गरिबी निबारण मन्त्रालयका अनुसार विपन्न नेपाली लक्षित सुविधा पाइने लालचले पूर्वमन्त्री, जनप्रतिनिधी र प्रधानाध्यापक लगायत समाजका हुनेखानेहरू पनि ‘गरीब हुँ’ भनेर परिचय पत्र लिन अघि सरेका छन् ।

प्रतिकृया

Add