रामेछापको गोठगाउँमा सुमो दुर्घटना २ को मृत्य ५ को अवस्था गम्भीर

 शनिबार, कार्तिक ३, २०७५ | onlinenews

रामेछाप– रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ स्थित खरानेटार र कुकुरकाटे भञ्याङको सीमानामा पर्ने भालु खोलामा सुमो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
दुर्घटनामा रामेछाप नगरपालिका–१ गोठगाउँकी ६० वर्षीय ललिमाया कार्की र ४० वर्षका दुर्गाबहादुर कार्कीको मृत्यु भएको हो । मृतक आमा छारा रहेको स्थानीय युवराज सापकोटाले जानकारी दिएक ।
घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
दशैको टिका लगाएर घर फर्किएका यात्रु लिएर रामेछाप नागारपालिका–२ कुकुरकाटे भञ्ज्याङ्गबाट, गोठगाउँतर्फ जादै गरेको ना १ ज ४८१२ नम्बरको सुमो अनियन्त्रित भएर सडकबाट करिब ५ सय मिटर तल खसेको थियो ।
घाइतेहरुको रामेछापको दरमुकाम मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया

Add