रामेछापको गोठगाउँ दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

 आइतवार, कार्तिक ४, २०७५ | onlinenews

रामेछाप–रामेछाप जिल्लाको रामेछाप नगरपालिका–१ स्थित खरानेटार र कुकुरकाटे भञ्याङको सीमानामा पर्ने भालु खोलामा भएको सुमो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । उपचारको क्रममा सवारी चालक हेमबहादुर हेमबहादुर खत्रीका मृत्यु भएपछि मृत्यु हुनेको संख्या ३ पुगेके हो ।
दुर्घटनामा परि रामेछाप नगरपालिका–१ गोठगाउँकी ६० वर्षीय ललिमाया कार्की र ४० वर्षका दुर्गाबहादुर कार्कीको घटना स्थलमै मृत्यु भएको थियो ।
मृतक दुर्गाबहादुर ललिमायाको आमा छोरा हुन् । चालक खत्रीको धुलीखेल अस्पतालमा उपचारको क्रममा मृत्यस भएको हो ।
बिहीबार साँझा रामेछाप नागारपालिका–२ कुकुरकाटे भञ्ज्याङ्गबाट, गोठगाउँतर्फ जादै गरेको ना १ ज ४८१२ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना हुँदा घटा स्थलमै २ जनाको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए । ९ जना घाइते मध्य सवारी चालकको मृत्यु भएको हो । अन्य घाइतेहरुको काभ्रेस्थित धुलीखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया

Add