पर्यटकीय सिजन सुरु भएसँगै रामेछापमा व्यवसाय फस्टायो

 शनिबार, कार्तिक १७, २०७५ | onlinenews

रामेछाप– विमान स्थलको कालोपत्रे भएर पनि सुनसान रहेको रामेछापको विमान स्थलमा केही समय यता भने निकै चहलपहल बढेको छ ।
पर्यटकीय सिजन सुरु भएसँगै रामेछापको विमान स्थल प्रयोग गर्दै सोलुको लुक्का जाने विदेशी पर्यटकहरु बढेपछि सदरमुकाम मन्थलीको होटल ब्यवसाय फस्टाएको छ ।
काठमाडौंबाट सवारी साधनमा रामेछाप आउने पर्यटकहरु ३ वटा विमान कम्पनीहरू तारा एयर, समिट एयर र सीता एयबाट सगरमाथा आधार शिविरतर्फ आउजाउ गर्ने पर्यटक ओसार पसार गर्न थालेपछि एकातिर रामेछापको सुनसान रहेको विमान स्थल व्यस्त रहेको छ भने पर्यटकको आगमनसँगै सदरमुकाममा रहेको होटल तथा पसलहरु ब्यवसाय ६० प्रतिशतले बृद्धि भएको होलट ब्यवसायि राजकुमार श्रेष्ठले बताए ।
सोलुको लुक्ला विमान स्थलमा छिनछिनमै मौसमा खराबि आउँदा त्यसतर्फ हिडेका पर्यटकहरु सदरमुकाम मन्थलीमा नै बस्नु पर्दा मन्थलीको होटल ब्यवसायहरु फष्टाएको हो ।
मन्थली विमान स्थलबाट दैनिक ५ देखि २४ वटासम्म उडान हुने गरेका छन् । यति धेरै उडान यस अघि हुने गरेको थिएन । नियमित धेरै उडान हुँदा मन्थली विमान स्थलबाट दैनिक करिब ४ सयको हाराहारीमा पर्यटकहरु उड्ने गरेको नागरिक उड्डयान प्राधिकरण रामेछापका प्रमुख केदारप्रसाद सत्यालले बताए ।
मन्थलीबाट ३ वटा वायुसेवा कम्पनीहरूले उडान गरे पनि सीता र समिट एयरको सम्पर्क कार्यालय नहुँदा पर्यटकहरुलाई समस्या पर्दै आएको छ । तीन वायुसेवा कम्पनीले केही कर्मचारी र लोडरहरू काठमाडौंबाट झिकाएर अस्थायी रुपमा काम गर्दै आएका छन् ।
लुक्लाका जाने पर्यटकहरुले रामेछाप आउनु अगाबै काठमाडौंबाटै लुक्कालाको लागि हवाई टिकट लिएर ट्राभल एजेन्सि मार्फत माइक्रो बसमा बिहान ३ बजे काठमाडौंबाट हिड्न पर्यटक बिहान ९ बजे अघि नै लुक्ला पुगिसक्ने गरेका छन् ।
रामेछापमा उडान र अवतरण गर्दा जहाजलाई आकाशमा उडाएर पालो कुर्नु नपर्ने भएकाले चाँडोचाँडो उडान भर्न सहज भएको हो ।
काठमाडौं विमानस्थल व्यस्त भएकाले चाहे जति उडान गर्न नसक्दा विमान कम्पनीहरूले रामेछापबाट उडान भर्र्न थालेका हुन् । काठमाडौं विमानस्थलबाट १ उडान गर्दा रामेछापबाट ३ उडान हुने इयरलायन्सको भनाई छ ।
नेपाल आयल निगमले मन्थलीमा हवाई इन्धनको डिपो सञ्चालन गर्दा उडान र अवतरणका लागि सहज भएता पनि निगमका कर्मचारीको बेवास्थाका कारण बारम्बार डिपोमा इन्धन नहुँदा हवाई कम्पनीहरूले चाहे जति उडान भर्न भने सकेका छैनन् ।
रामेछाप विमानस्थलमा नागरिक उडड्यन प्राधिकरणले सवै सुविधा उपलव्ध गराएको छ । कालोपत्रे भएको २ वर्ष वितिसक्दा पनि सो विमानस्थलबाट नियमित रुपमा काठमाडौंका लागि भने कुनै कम्पनीले पनि उडान सेवा सञ्चालन गरेका छैनन् ।

प्रतिकृया

Add