मन्थली रामेछाप सडकमा कालोपत्रेको काम आरम्भ

 मङ्लबार, चैत्र १, २०७३ | onlinenews

रामेछाप÷ मन्थली रामेछाप सडक कालोपत्रे आयोजनाले कालोपत्रे हाल्ने काम शुरु गरेको छ । उपभोक्ताको व्यापक असन्तुष्टि पछि सरकारले दिएको समयसिमा गुजारे भएपनि आयोजनाले पहिलो चरणमा वावियाखर्कको दारेगौडा सम्मको खण्ड सम्म कालो पत्रेको काम सुरु गरेको छ ।
मन्थलीबाट रामेछाप वजार सम्मका लागि गर्न लागिएको कालोपत्रेको काम निर्धारित समयमा पूरा नहुने सम्भावना वढेर गएपछि स्थानीय प्रशासन र जनस्तरबाट दवाव परेको थियो । चौतर्फी दवाव आएपछि कामको गतिलाई तिव्र बनाएको आयोजनाले पहिलो चरणमा करिव ६ किलो मिटर खण्डमा काम सम्पन्न गर्ने गरी काम थालेको आयोजनाले जनाएको छ ।
जस अन्र्तगत मन्थलीको भैंसेश्वर देखि बाखियाखर्क वितिटार सम्मको सडकमा पहिलो चरणको कालो कोड गर्ने काम समेत सकिएको र दोस्रो तथा फाईनल कोडले चाँडै नै पूर्णता पाउने जानकारी पनि आयोजनाले गराएको छ । संझौता भएको ६ महिना पछि मात्र काम सुरु गरेको मन्थली रामेछाप सडक कालोपत्रे आयोजनाले तोकिए अनुसारको काममा गति दिन नसक्दा काम पुरा नहुने हो कि भन्ने संभावना वढेर गएको थियो ।
०७३ को वैशाख सम्ममा मन्थली रामेछाप सडक खण्डको करिव १३ किलो मिटर सडक खण्डमा ३ सय ५१ मिटर लम्वाई कालोपत्रे गर्नेगरी सभmौता भएको थियो । तर सडक क्षेत्रमा परेका जग्गाको विवाद समाधान गरी मुआव्जा वितरण कार्यसँगै कालोपत्रेको काममा ढिलाई भएको थियो ।
करिव १७ करोडको लागतमा निर्माण कार्य सक्नेगरी कालो पत्रेको काम सुरु गरेको ठेकेदार कम्पनीले पछिल्लो समयमा कालोपत्रेको लागि आवश्यक सवै खालका सामाग्रिहरु जुटाएकोले थोरै भएपनि कालोपत्रेको काम आरम्भ भएको आयोजनाका प्राविधिकहरुको भनाई रहेको छ । उनीहरुले ठेकेदार कम्पनिको ढिलासुस्तिकै कारण सडक कालोपत्रे गर्न ढिलाई भएको जनाएका छन् ।
आयोजनाका डिभिजन इन्जिनियर रमेश ढुंगेलले पनि काममा ढिलासुस्ती भएको स्वीकार गर्नुभयो । उहाँले उक्त परीयोजनालाई गति दिन आरम्भमा केहि ढिलाई जस्तो भएपनि पछिल्लो समयमा भने कामले निकै तिव्रता पाएको र थप कामको निरन्तरताको लागि आफूले पनि सक्दो प्रयास गरिरहेको पनि ढुंगेलले वताउनुभयो ।
कोलो पत्रेको लागि सहयोगी निकाय एशियाली विकास वैकले गत माघ महिनामा सडकको काम अनुगमन गरेको थियो । अनुगमन पछि ठेकादारले सवै खालका विकल्प अपनाएर भएपनि कामलाई निरन्तरता दिने विश्वास दिलाएपछि दातृ निकायले पनि केहि समय कामको मुल्यांकन गर्ने भन्दै अनुमति दिएको थियो । जसको आधारमा काम आरम्भ गरेको आयोजनाले दारेगौडा भन्दा माथिल्लो भागका लागि भने रोडा, गिटि लगायतका आवश्यक सामाग्री भने पु¥याउन नसक्ने अवस्था देखिएको छ । कम्पनिको क्रसर मेशिनको उत्पादनले मात्र धान्न सक्ने अवस्था नदेखिएकोले वाँकी कामको गति भने रोकिने सम्भावना भने उत्तिकै वढेको उपभोक्ताहरुले गुनासो गरेका छन् । उक्त सडकको अवस्था र कामको गतिलााई तिव्रता दिनु पर्ने माग सहित सहित आवश्यक अनुगमन र निरिक्षणका लागि प्रजिअ समक्ष जिल्लाका संचारकर्मीहरुले अनुरोध गरेका छन् ।

प्रतिकृया

Add