मन्थली नगरपालिकाले खरिद ग¥यो बारुण यन्त्र

 बिहिबार, चैत्र ३, २०७३ | onlinenews

चैत्र ३, रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिकाले अग्नी नियन्त्रक यन्त्र खरिद गरेको छ । मन्थली नगरपालिकाको आर्थिक वर्ष २०७३÷७४ को परिषदको निर्णय अनुसार बारुण यन्त्र खरिद गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको अख्तियारीमा ६० लाखको लागतमा सो बारुण यन्त्र खरिद गरिएको मन्थली नगरपालिकाका कार्यकारी प्रमुख पुरुसोत्तम सापकोटाले बताए ।
सदरमुकाममा आइपर्ने अग्नी विपत नियन्त्रणको लागि बारुण यन्त्र खरिद गरिएको सापकोटाले बताए । बारुण यन्त्र गुड्नको लागि ४ मिटरको सडक आवश्यक पर्ने भएकाले ४ मिटरको सडक निर्माणको मापदण्ड कार्यान्वयमा पनि यसले सहयोग पु¥याउने उनले बताए ।
खरिद गरि बिहीबार मन्थली लगिएको सो बारुण यन्त्रको सदरमुकाम मन्थलीस्थित देवकोटा चोकमा अग्नी कसरी नियन्त्रण गर्ने भन्ने बारेमा अनूना अभ्यास समेत गरेर देखाइएको थियो ।

प्रतिकृया

Add