अवैध १ सहित ७ थान हतियार प्रहरीमा आयो

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

चैत्र ५, रामेछाप । नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत सुरक्षा निकायले निर्वाचन अवधिभर अनुमति लिएर वा अवैध रुपमा ब्यक्तिले राखेका हतियार समेत प्रहरीलाई बुझाउन अनुरोध गरेको छ ।
केन्द्रीय निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय रामेछापले जारि गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रामेछापमा ७ थान हतियार स्थानीय बुझाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई भयरहित एंव शान्तपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आफ्नो वडा ईलाकामा लुकाई छिपाई बैध तथा अबैध रुपमा राखिएका हातहतियार बन्दुकहरु फागुन २७ गतेसम्म प्रहरीलाई बुझाउन जिल्ला प्रहरी कार्यालय रामेछापले सूचना जारी गरेको थियो ।
सोही सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयमा ७ थान हतियार आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोशीले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा आएको हतियारहरुमा भरुवा बन्दुक ६ थान जसमा एक थान अवैध रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी १२ बोर बन्दुक – १ थान प्रहरी कार्यालयमा स्थानीयले बुझाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

प्रतिकृया

Add