रोशी किनारमा शव फेला प¥यो

 शनिबार, चैत्र ५, २०७३ | onlinenews

चैत्र ५, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको रोशी नगरपालिकास्थित रोशी खोलाको किनारमा एक ब्यक्तिको शप फेला परेको छ ।
नदि किनारमा रोशी नगरपालिका–७ का बिमल गौतमका शव फेला परेको मंगलटार इलाका प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक शंकर श्रेष्ठले बताए ।
मृतक गौतम शुक्रबार दिउसो मादक पदार्थ सेवन गरि सडकमा हिडिरहेको र आज सोही स्थानको कोसी किनारमा शव फेला परेको स्थानीयले बताएका छन् ।
सडकबाट करिब ५० मिटर तल कोसी किनारमा रहेको शव शनिबार दिउँसो स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमको लागि शीरमेमोरीयल अस्पताल धुलीखेल लगिएको इलाका प्रहरी कार्यालय मंगलटारले बताएको छ ।

प्रतिकृया

Add