आगामी वैशाख १० गतेदेखि निर्वाचन आयोगले मतदाता शिक्षा सञ्चालन गर्ने

 आइतवार, चैत्र ६, २०७३ | onlinenews

चैत्र ६, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आगामी वैशाख १० गतेदेखि निर्वाचन मतदाता शिक्षा सञ्चालन गर्ने भएको छ ।
स्थानीय तहमा कसरी मतदान गर्न सिकाउन र बदर मत कम गर्नका लागि मतदाता शिक्षा सुरु गर्न थालिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो । उहाँका अनुसार एउटा वडामा तीनजना स्वयम्सेवकले मतदातालाई मतदाता शिक्षा दिनेछन् ।
मतदाता शिक्षाका लागि आयोगले ३२ जना उपसचिव र अधिकृतलाई मतदाता प्रशिक्षक प्रशिक्षण दिइसकेको छ । प्रवक्ता शर्माका अनुसार मतदाता प्रशिक्षण लिएका कर्मचारीले जिल्लामा गई प्रशिक्षण दिएपछि स्वयम्सेवकले वडामा गई मतदातालाई मतदाता शिक्षा दिनेछन् ।
उहाँले पहिलेको भन्दा धेरै राजनीतिक दलले निर्वाचनमा भाग लिने भएकाले मतदातालाई मतदाता शिक्षा दिन आवश्यक भएको पनि बताउनुभयो ।

प्रतिकृया

Add