हिसाब नआउँदा परीक्षा पुस्तीकानै च्याते परीक्षार्थीले

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

चैत्र ७, रामेछाप । एसइइ परीक्षाको तेश्रो दिन आइबार भएको गाणित विषयको परीक्षमा रामेछाप जिल्लाको कृष्णवर्णेश्वर मावि परीक्षा केन्द्रका एक परीक्षार्थीले परीक्षा पुस्तिका नै च्यातेर बाहिरिएका छन् ।
प्रश्न पत्रमा सोधिएका कुनै पनि प्रश्नको उत्तर हल गर्न नसकेपछि लखनपुर कालिका माविबाट परीक्षामा सहभागि भएका परीक्षार्थी राजकुमार योञ्जनले परीक्षको बीचमै उत्तर पुस्तिका च्यातेर बाहिरिएको परीक्षा केन्द्रका शिक्षक रमेश ढुङ्गेलले जानकारी दिए ।
परीक्षा सुरु भएको १ घण्टासम्म एउटा पनि प्रश्नको हल नगरेका योञ्जनले एक घण्टा वित्नसाथ उत्तर पुस्तिका च्यातेर हिडेका थिए । आपूmलाई कुनै पनि प्रश्नको उत्तर नआएपछि उत्तर पुस्तिाका च्यातेर हिडेको परीक्षार्थी योञ्जनलाई उद्धृत गर्दै शिक्षक ढुङ्गेलले बताए । अन्य सहभागि परीक्षार्थीले भने सौहार्दपूर्ण रुपमा परीक्षा दिएको श्रोतले बताएको छ ।

प्रतिकृया

Add