प्रहरीको कुटपिटबाट घाइते भाँटको मृत्यु

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

बाँके । नेपालगन्जमा प्रहरीको कुटपिटबाट घाइतेभ एका जनाको मृत्यु भएको छ । बाँकेमा एमालेको आमसभालाई लक्षित गरी चैत १ गते मधेशी मोर्चाले गराएको बन्दका क्रममा प्रहरीको कुटाईबाट घाइते भएका सोनपुर गाविस–८, गोदहानाका ७२ वर्षीय जमिल भाटको उपचारको क्रममा शनिबार मृत्यू भएको छ । प्रहरीको लाठी लागेर घरमै बसिरहेका भाट घाइते भएका थिए । उनलको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यू भएको मधेशी मोर्चाले जनाएको छ । झडपका क्रममा ७२ वर्षीय भाटलाई प्रहरीले नियन्त्रणमा लिई आन्दोलनकारी भन्दै यातना दिएका कारण उपचारको क्रममा मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । यसअघि सप्तरीमा सशस्त्र प्रहरीले गोली हानी मलेठ–२ बस्ने २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, मलेठ–४ का वीरेन्द्र महतो, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साह र जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कौटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको हत्या गरेको थियो ।

प्रतिकृया

Add