पाँच दिने विकास केन्द्रीत पत्रकारिता तालिम शुरु

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा शनिबारदेखि पाँच दिने विकास केन्द्रीत पत्रकारीता तालिम शुरु भएको छ । राष्ट्रिय सञ्चार विकास केन्द्रको आयोजना र सूचना विभाग नेपालको सहयोगमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले शनिबारदेखि आयोजना गरेको सो तालिममा यसक्षेत्रका २५ जना युवायुवतीको सहभागिता रहेको महासंघ महोत्तरी शाखाका सचिव महेशकुमार दासले जानकारी दिए । तालिम पूर्व कार्यक्रमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रमा युवायुवतीहरु आउनु राम्रो संकेत रहेको बताए । उनले विकास सुचकाँक लगायत विकासको क्षेत्रमा सबभन्दा पछाडी परेको महोत्तरीमा यो तालिमबाट विकासको समाचारहरु बढी आउने र समस्या समाधानको लागि आफुहरुलाई पनि सजिलो हुने जानकारी दिए ।

प्रतिकृया

Add