तमलोपाद्वारा भर्त्सना

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

तमलोपाद्वारा भर्त्सना
चैत्र ७, काठमाडौं । गत चैत १ गते सुरक्षाकर्मीको कुटाइबाट घाइते भएका जमिल भाटको शनिबार मृत्यु भएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेश चन्द्र लालले विज्ञप्ति जारी गरी कुटपिटको घोर भर्त्सना गरेका छन् । उनले भाटको आत्माको चीर शान्तिको काम गर्दै कुटपिटबाट घाइते भएकी भाटकी श्रीमतीको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । ‘घरमा पसी ७२ वर्षिय बुढाबुढी माथि निर्ममतापूर्वक अन्धाधुन्ध लाठी प्रहार अन्याय मात्र होईन अत्याचार हो ।’ लालले विज्ञप्तिमा उल्लेख गरेका छन् । भाटलाई शहीद घोषणा गरी उनका परिवारलाई क्षतिपूर्ति दिन मागसमेत उनले गरेका छन् ।

प्रतिकृया

Add