मानव अधिकार निगरानी समूह गठन

 सोमवार, चैत्र ७, २०७३ | onlinenews

बाँके । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) मध्यपश्चिम उपक्षेत्रीय कार्यालयको आयोजनामा सोनपुर गाविसमा स्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । “स्थानीय स्तरमा मानव अधिकारको वकालत र जिम्मेवार निकायलाई जवाफदेही बनाऔँ” भन्ने नाराका साथ थर्ड एलायन्सले गाँउ गाँउमा निगरानी समूह गठन गर्न सुरु गरेको छ । मानव अधिकार उल्लंघनका घटनाहरु सोनपुर, उढरापुर क्षेत्रमा बढ्न थालेपछि स्थानीय यूवाहरुको सक्रियतामा मानव अधिकार निगरानी समूह गठन गरिएको हो । थर्ड एलायन्सका टिम लिडर अधिवक्ता दिपेन्द्र झाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थर्ड एलायन्सका उप क्षेत्रीय प्रमुख आलम खानले समूह गठन कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकारको उपभोग गर्दा जुनसुकै जातजाति, धर्म, समुदाय, लिंग, विचार, आस्था, सम्पत्ति वा अन्य कुनै पनि आधारमा बाधा व्यवधान गर्ने अधिकार कसैलाई नरहेको बताउँदै कसैले बाधा गरे कानुनी प्रक्रियालाई टेकेर थर्ड एलायन्स आगडि बढ्न तयार रहेको जिकिर गरेका थिए । थर्ड एालयन्सका टिम लिडर दिपेन्द्र झाले मानव अधिकारको वकालतका लागि गठन गरिएको निगरानी समूहले गाविस स्तरमा रहेको समस्यालाई पहिचान गरी बाहिर ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै समूहलाई सक्रिय पार्न छिट्टै तालिमको आयोजन गर्ने बताए । उनले सोनपुर गविसमा गठन भएको मानव अधिकार निगरानी समूहको नामावली घोषण गरेका थिए ।

प्रतिकृया

Add